माघ, १४
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेह्रथुम पुगेका छन्। सोमबार बिहान माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तलाई साथमा लिएर अध्यक्ष प्रचण्ड हेलिकोप्टरबाट तेह्रथुम पुगेका हुन्।
त्यहाँ पुगेर अध्यक्ष प्रचण्डले लालीगुराँस–२ चोःलुङ पार्क तथा संग्रहालयको अवलोकन गरेका छन्। त्यहाँबाट उनी प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो आठराई जाने कार्यक्रम छ । प्रचण्ड आज र भोलि दुई दिन तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुनेछन्।
स्वागतका क्रममा स्थानीयले प्रचण्ड र वर्षमानलाई ढाका टोपी लगाइदिएका थिए। औपचारिक कार्यक्रममा प्रचण्डले भादगाउँले टोपी लगाउने गरेका छन्। पुनले कोट पनि ढाकाको लगाएका छन्। तेह्रथुम पूर्वेली ढाकाका लागि प्रख्यात ठाउँ हो।