तुलसीपुर, ५ पौष।
दाङको तुलसीपुरमा धारिलो हतियार प्रहार गरी दुईजना घाइते भएका छ्न। घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका ७ का ३० बर्षीय सुरेश रसाइली र सोही ठाउँका २८ बर्षीय सुरज पुन रहेको इलाका प्रहरी कार्यलय तुलसीपुरका सुचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो।
उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिका १८ माल बिजौरी स्थित प्रचण्ड निराना पसलमा सामान किनिरहेको अबस्थामा गएराती करिब १० बजेको समयमा उनीहरु माथी मासु काट्ने ग्रासी प्रहार भएको हो।
घटनामा संलग्न रहेका सोही ठाउँका अन्दाजी ३०/३२ बर्षीय प्रकाश चौधरी, ३० बर्षीय सन्दिप चौधरी र ३१ बर्षीय रेशम चौधरी फरार रहेका थिए। घटनालगत्तै फरार रहेका उनीहरुलाई खोजतलास गर्दै जाने क्रममा आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा गएराती करिब पौने १२ बजेको समयमा उनीहरुलाई पक्राउ गरि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागि नर्सिङ होम नेपालगन्ज बाकेमा रिफर गरिएको छ।