तुलसीपुर, २४ पौष ।
दाङको तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। तुलसीपुर बजारबाट बसपार्क भित्र जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसले ठक्कर दिदा अन्दाजी ३५/३६ बर्षीया एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। बसपार्क तल्लो पिपलबोट नजिकै बाटो काट्दै गरेको अवस्थामा आज दिउँसो पौने २ बजेको समयमा महिलालाई बसले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
बसको ठक्करबाट गम्भिर घाइते भएकी महिलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको हो। महिलाको साथमा अन्य कोहीपनि नभएकाले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। ठक्कर दिने बससहित चालक ४१ बर्षीय खिमराज वलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।