तुलसिपुर ,९- पौष!
दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ४ भरिपुर निवासी २६ बर्षीय गणेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डीएसपी इश्वर थापाले जानकारी दिनुभयो।
प्रहरीका अनुसार पुर्व, पश्चिम राजमार्ग अन्र्तगत लमही नगरपालिका ७ पदमिनि खोला नजिकै लु १ ख ९३५२ नम्बरको ट्रकले सोही दिशातर्फ जादै गरेको लु.प्र. ०१–००२ प ११४८ नम्बरको मोटरसाइकललाई गएराती साढे ८ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो।
दुर्घटनामा परी गम्भिर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारकै क्रममा राती सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालक रुपन्देहीको स्यारी गाउँपालिका४ का २९ बर्षीय जितेन्द्र राजभरलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।