राम बहादुर के.सी.
तुलसीपुर २४ असोज
तुलसीपुर उपमहानगरपालिकाले प्लाष्टिकजन्य फुलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाउने भएको छ । उपमहानगरले मंगलबार एक सूचना जारी गरेर प्लाष्टिकजन्य फुलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको जनाएको छ । नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ९६० ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सुचना अनुसार रोक लगाउने निर्णय गरेको जारी सुचनामा उल्लेख छ । नेपालीहरुको आउँदै गरेको दशैँ, तिहार र छठ पर्व जस्ता चाड पर्वहरूमा प्लाष्टिकजन्य फुल, माला तथा बाहिर पाल टाँगेर बिक्री वितरण गर्न राखिएका विभिन्न प्रकारमा मिठाईहरू, लेबल नखुलाई प्याकिङ गरिएका उपभोग्य सामाग्रीहरू प्रयोग नगर्न समेत उपमहानगरले आग्रह गरेको छ । साथै उपमहानगरले जारी गरेअनुरुप कहिकतै विक्रि वितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने समेत जारी सुचनामा उल्लेख गरिएको छ ।
