तुलसीपुरमा खोलामा डुबेर एक बालिकाको मृत्यु।

तुलसिपुर, ५- कात्तिक।

दाङको तुलसीपुरमा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर गाउँपालिका १ गुरुङखोला घर भई तुलसीपुरमा मामा घर आएकी सुन्तली खड्काकी ७ वर्षिया छोरी समिक्षा खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ।

प्रहरीका अनुसार तुलसीपुर ७ र १६ को सिमानामा पर्ने ग्वारखोलाको मलवारे कुलोको बाँध नजिकै खाल्डोमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको हो। उनी केहीदिन अघिमात्रै मामा घर आएकी थिइन्। उनीसहित आज तीन जना बालबालिका दिउँसो करिब २ बजेतिर उक्त स्थानमा नुहाउन गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *