काठमाण्डौ, ९- कात्तीक।
धादिङ जिल्ला भलिबल टोलीका कप्तान मनोज कुमार श्रेष्ठले आत्महत्या गरेका छन्। बुधबार राति घर नजिकै आत्महत्या गरेका हुन् अघिल्लो दिनमात्रै मनोजले नलाङ खिर्रेमा भएको खुल्ला भलिबल प्रतियोगिता खेलेका थिए। साथीहरुसँग छुटेर राति बाहिर निस्किएका उनी विहान नजिकै जंगलमा झुन्डिएको अवस्थामा भेटिएका थिए।
धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताव सिंह तामाङले मनोजको मृत्यु भएको पुष्टि गर्दै सामाजिक संञ्जालमा खेलेका छन्, ‘आज धादिङ भलिबल क्षेत्रको कालो दिन । प्रतिभाशाली, उदाउँदो खेलाडी गुमायौं।