१२ गते देखि बिधुत लाईन काटिने भयकोछ।

तुलसिपुर, १२- कात्तिक। (मिलन घर्ती)

नेपाल बिधुत प्राधिकरण तुल्सिपुर बितरणकेन्द्रले बिधुत महसुल तिर्न बाँकी रहेका ग्राहकहरुको लाईन काट्ने भयकोछ। ६० दिन भन्दा बढी समय देखी बिधुत महशुल तिर्न बाँकी बक्यौता रहेका ग्राहकहरुको २०८० कात्तिक १२ गते बाट अभियानकै रुपमा बिधुत लाईन काट्ने भयकोछ।

त्यसैले आ- आफ्नो बक्यौता रकम अबिलम्ब भुक्तानी गरिदिनहुन तुल्सिपुर बितरणकेन्दले सबै ग्राहकहरुमा अनुरोध समेत गरेकोछ। यदि कसैको बिधुत लाईन ६ महिना भन्दा बढी देखि काटियको र बक्यौता रकम भुक्तानी भयको छैन भने अब सो ग्राहकको नाम कालो सुचिमा राखिने समेत जनायकोछ।

जसले गर्दा सरकारी स्तरबाट पाउने सेवा सुबिधा बाट समेत बन्चित हुने भयकोले यथाशिघ्र आफ्नो बक्यौता रकम भुक्तानी गरी कानुनी तथा सामाजिक असर बाट बच्नसमेत अनुरोध गरियकोछ। यदि लाईट काटीएको ग्राहकहरुलाई कुनै पनि छिमेकी ग्राहकहरुले बिधुत लाईन दिएको पाईएमा उक्त छिमेकी ग्राहकको पनि लाईन काटीने समेत बितरणकेन्द्र तुलसिपुरले जानकारी दियकोछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *