मोटरसाईकिल दुर्घटनामा १ जनाको मृत्य।

धनगडी, १५- कात्तिक।

कैलालीको गोदावरी नगरपालिका ६ खैरानापुल नजिक मोटरसाईकल अनियन्त्रित भएर घाईते भएका मोटरसाईकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ४ का राजु चौधरी रहेको प्रहरीले जनाएको छ।

सुपप्र ०१०११ प ४९४१ नम्बरको मोटरसाईकलमा पूर्वबाट पश्चिम तर्फ जादै गरेका चौधरी मंगलवार राति सवा नौ बजे खैरानापुल नजिक मोटरसाईकल अनियन्त्रित भएर पल्टिदा घाईते भएका थिए। उनको टाउको र खुट्टामा चोट लागेको थियो।

प्रहरीले तत्काल उद्दार  मायामेट्रो अस्पताल धनगढी पुर्याईएका चौधरीको उपचारकै क्रममा राति पौने १० बजे मृत्यु भएको जनाएको छ। मृतकको लाश पोष्ट मार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *