अरिङ्गालको टोकाई बाट १ जनाको मृत्यु।

अछाम, १७- कात्तिक।

अरिङ्गालको टोकाइबाट अछाममा १ बालकको मृत्यु भएको छ भने १ किशोरी घाइते भएकी छन् । जिल्लाकाे पञ्चदेवल बिनायक नगरपालिका ८ बारालाका ३ वर्षीय शमिर जैशीको मृत्यु भएको हो भने सोहि ठाउँकी १८ वर्षिया राधा जैशी घाइते भएकी छन।

बुधवार घर नजिकै घाँस काट्ने क्रममा उनीहरुलाई अरिङ्गालले टोकेको थियो। घाइते किशोरीलाई  थप उपचारको लागि जिल्ला अस्पताल अछाममा पठाइएको प्रहरीले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *