आज तुलसीपुर र सल्यान कपुरकोट क्षेत्रमा विद्युत नआउने।

तुलसीपुर, १८ कार्तिक।

तुलसीपुर र सल्यान कपुरकोट क्षेत्रमा आज विद्युत नआउने भएको छ। विद्युत लाइन वरीपरीका रुखका हाँगा काट्नुपर्ने भएकाले आज साढे चार घण्टा विद्युत अवरुद्ध हुने भएको हो।

तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने हापुरेदेखि तुलसीपुरसम्मको ३३ केभि लाइन वरपरका रुखका हाँगा फडानी गर्नुपर्ने भएकाले लाइन कटौति गरिने तुलसीपुर वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले बताउनुभयो।

बालापुर, सुकौरा, भमके, एयरपोर्ट, कृष्णमन्दीर , मानपुर बिजौरी र सल्यानको कपुरकोट फिडर अन्तर्गतका सम्पुर्ण क्षेत्रमा विद्युत अवरुद्ध हुने उहाँले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *