जाजरकोटमा भुकम्पका कारण मृत्यु हुनेको संख्या ९२ पुग्यो।

जाजरकोट; १८- कार्तिक।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए । भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ।

भूकम्पका कारण ५५ जना घाइते भएकाछन्। घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको डिएसपी रोकाले बताए।  घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदै छ। अस्पताले केही घाइतेहरूलाई सुखेततर्फ रिफर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *