काठमाण्डौ, २०- कात्तिक।
जाजरकोटमा फेरि भूकम्प गएको छ। आज सोमवार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका छन्। बजारमा मानिसहरू चौतारामा जम्मा भएका छन्। गएको शुक्रवार राति जाजरकोटमै केन्द्रविन्दु भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरेर १ सय ५३ जनाको ज्यान गएको छ।