चुनढुंगा बोकेको टिप्परले ठक्कर दिदा १ युबतीको मृत्यु।

दाङ, २२- कात्तिक।

चुनढुङ्गा बोकी होङ्सी सिमेन्टको उद्योगतर्फ आउँदै गरको टिप्परले किचेर एक युवतीको मृत्यु भएको छ । पाल्पाको निस्दि गाउँपालिका ७ मोटेखर्क स्थित ज्यामिरे अरुणखोला भित्रि सडक खण्डमा बुधबार विहान भुटुकेबाट चुनढुङ्गा बोकेर नवलपुरमा रहेको होङ्सी सिमेन्टतर्फ आउँदै गरेको लु २ ख ५२९ नम्बरको टिप्परले किचेर युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा परी पुर्वखोला गाउँपालिका २ जल्पा बस्ने १९ वर्षीया दिलकुमारी आलेको ज्यान गएको हो। सोही टिप्परमा सवार उनी ब्रेक फेलभएपछि ज्यान बचाउन हाम फाल्नेक्रममा टायरले किचेर ज्यान गएको थियो । यसैगरी टिप्परमा सवार निस्दि गाउँपालिका ७ की २५ वर्षीया हिमाली आले ज्यान बचाउन हाम फाल्ने क्रममा दायाँ खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

चालक मनोहरी गाउँपालिका ९ का २६ वर्षीय अन्जन सुनार र सहचालक मकवानपुर हेटौंडा ९ का २४ वर्षीय आशिष सुनार सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *