अर्घाखाँची, २३- कात्तिक।
अर्घाखाँचीमा २० रुपैयाँ नतिरेको निहुँमा एक वृद्धाको हत्या भएको छ । मालारानी गाउँपालिकाको वडा नम्बर ९ गोखुङ्गाकी ७२ वर्षीया हरिकला भुसालको हत्या भएको हो।
मालारानी स्थायी ठेगाना भइ भूमिकास्थान १ रजिमे बस्दै आएका २० वर्षीय गोपाल नेपालीले उहाँको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रतित सिंह राठोरले बताउनुभयो।
गएको १४ गते २० रुपैयाँ नतिरेको भन्दै नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए। झगडाले उग्र रुप लिदै जाँदा भुसाललाई उनले खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरेका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। गोपाल नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।