शिकारीले चलाएको गोली लागेर सशस्त्र प्रहरीको मृत्यु।

दाङ, २५- कात्तिक।

शिकारीको गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। सशस्त्र प्रहरी बल २८ नम्बर गणमा कार्यरत घोराही ७ हनर्‍याका जुगरू चौधरीको जनसेवा सामुदायिक वनमा शिकारीले चलाएको गोली लागेर मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।

प्रहरी अनुसार चौधरी कार्तिक २३ गते बिहान जंगलमा लागेर मृत्यु भएको अवस्थामा फेला परेका थिए। उनको छाती ५ ठाउँ र पिठ्युमा एउटा गरी ६ वटा भरूवा बन्दुकको छर्रा लागेको छ। उनलाई गोली हानेको अभियोगमा प्रहरी घोराही ५ बराला बोटका ५५ वर्षिय शेरबहादुर केसीलाई गएराति १ बजे भरूवा बन्दुक सहित पक्राउ परेको छ।

पक्राउ परेका केसीले मालुको बोटमा गुना बसेको ठानेर आफूले गोली हानेको बयान प्रहरीलाई दिएका छन्। प्रहरीका अनुसार सशस्त्र प्रहरी जवान बिदामा घर आएका बेला मालुको पात टिप्न जंगल गएका थिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *