काठभाण्डौ, ३०- कात्तिक।
देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको छ। जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात सुरु भएकाले चिसो बढेको जनाएको हो। विभागले आज बिहान पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ।
दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
विभागका अनुसार राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।