बैतडीमा १ युवक मृत फेला।

दार्चुला, ०१- मंशिर।

बैतडीको दोगडाकेदार गाउँपालिका ४ युवक मृत फेला परेका छन्। मल्लीओढार बस्ने अन्दाजी २३ वर्षीय तर्कराम महर शुक्रबार बिहान १० बजेतिर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक महरको घरबाट करिब ५ सय मिटर टाढा रहेको गोदेखोला वनमा मछाइनोको रुखमा झुण्डिएको अवस्थामा उनी फेला परेका हुन्।

मृतकका भाइ कृष्णरामले झुण्डिएको अवस्थामा दाइलाई देखेपछि पासो काटेर घरमा ल्याएका थिए। तर घरमा पुर्‍याउँदा उनको मृत्यु भइसकेको बैतडी प्रहरीका प्रवक्ता खेमविक्रम केसीले बताए। घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *