सामुहिक कटपिटमा १ जनाको मृत्यु, ७ जना नियन्तरनमा।

कैलाली,१३- मंसिर।

 घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट गएराति मृत्यु भएको छ। कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

लम्कीचुहा नगरपालिका-९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले कुटपिट गर्दा गम्भीर घाइते भई उपचारको लागि लालरत्न अस्पताल हुँदै टिकापुर अस्पताल कैलाली लगिएकोमा थप उपचारको क्रममा मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *