तुलसीपुरबाट लुटेको एक लाख नगदसहित दुई जना पक्राउ।

तुलसीपुर, १- कार्तिक।

दाङको तुलसीपुरबाट लुटेको एक लाख नगदसहित दुई जना पक्राउ परेका छन। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ सम्झना टोलका २१ वर्षीय आयुष विक र सोही ठाउँका १८ वर्षीय सुनिल मगर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभएको छ।

आज दिउसो तुलसीपुर ८ का १७ बर्षिय दिनेश वलीले तुलसीपुरमा रहेको माछापुछ्रे बैंकबाट एक लाख रुपैयाँ निकालेको देखेपछि उनीहरूले पिछा गरिरहेको थिए। उनीहरूले वलीको मोबाइल र एक लाख नगद पनि लुटेर भागेको पोखरेलले बताउनुभयो।

लुटपाट भएको खबरपछि इलाका प्रहरी कार्यालय तुलसीपुर, नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट प्रहरी खटिएको थियो। सोहि आधारमा प्रहरीले उनीहरूलाई तुलसीपुर १० राइखल्यानबाट पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *