पाल्पा दुर्घटनामा ६ जनाको सनाखत खुल्यो।

पाल्पा,   पाल्पामा निजी कार दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। सदरमुकाम तानसेनदेखि रानीमहल पुगेर फर्कने क्रममा तानसेनबाट १२ किलोमिटरमा रहेको बैकुण्ठे भिरबाट तल खस्दा घटना स्थलमै ६ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा एक जना पुरुष, तीन महिला र दुई बालक रहेका छन्। अन्दाजी ६५ वर्षका कृष्ण लोहनी, वर्ष ५५ की पार्वती लोहनी र ५५ कै चुना धिताल र ३५ वर्षकी सबिना धिताल रहेकी छिन्।

यसैगरी ११ वर्षका बालक ईश्वर लोहनी र २ वर्षका सबीन लोहनीको पनि दुर्घटनामा परेर मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ। घाइते चालकलाई भने उपचारका लागि मिसन अस्पतालमा भर्ना गरिएको छ।

कारमा चालकसहित ७ जना सवार थिए। अप्ठेरो ठाउँमा खसेकाले उद्धारमा ढिलाइ भएको हो। आज अपराह्न बागमती प्रदेश ७२०९ नम्बरको कार दुर्घटनामा परेको थियो।  घटना लगतै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्मा सहित तीन वटै निकायका सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *