पिङ हाल्ने क्रममा रूखबाट खसेर एककाे मृत्यु।

काभ्रेमा पिङ हाल्न रूख चढ्ने क्रममा खसेर एकजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भुम्लु गाउँपालिका- ६ का ५० वर्षीय गणेश परियारको मृत्यु भएको हो। 

पिङको लठ्ठा बाँध्न बरको रूखमा चढ्ने क्रममा रूखबाट खसेर घाइते भएका परियारको उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियाे। अस्पताल ल्याएकाे केही समयपछि उनकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ। मृतककाे पोस्टमार्टमपछि आफन्तले शव लगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *