क्रेन दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते।

हेटौँडा, ९- कात्तीक।

हेटौँडामा आज बिहान हाइड्रो क्रेन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन्। मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३० बिश्रामपुका १८ वर्षीय विपिन महतो छन् । लालपर्सा बस्ने ३० वर्षीय क्रेनचालक दसरथ पासवान सामान्य घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे सडकखण्डमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ना. १क ६०५५ नम्बरको हाइड्रो क्रेन दुर्घटना भएको हो। मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले क्रेनमा च्यापिएको अवस्थामा रहेका महतोलाई उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए।  घाइते पासवानको भने हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *