रुपन्देही,१०- कात्तिक।
रुपन्देहीको मर्चवारमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मर्चवारी गाउँपालिका वडा नम्बर ५ बस्ने २१ वर्षिय रमन कुमार पाण्डे रहेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ।
बिहीबार साँझ साढे ६ बजे डिजी नेटको तार मरम्मत गर्ने क्रममा पाण्डेलाई करेण्ट लागेको इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीका प्रहरी निरीक्षक रेशमप्रसाद अचार्यले जानकारी दिएका छन्।
डिजी नेटवर्ककै कर्मचारी समेत रहेका पाण्डे आफ्नै वडामा रहेको विद्युत पोलमा नेटको तार मर्मत गर्दै थिए। सोही क्रममा करेण्ट लागि घाइते पाण्डेलाई उपचारको लागि भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी निरिक्षक अचार्यले जानकारी दिए।