मुगुको सामुहिक हत्या: चारै सबको आज पोष्टमार्टम हुदै।

दाङ, १२- कात्तिक।

छायाँनाथ रारा नगरपालिका–६ मन्दुमा हत्या गरिएका चारैजनाको शवको पोस्टमार्टम आइतबार हुने भएको छ।मुगुका प्रहरी प्रमुख, नायब उपरीक्षक वीरेन्द्र थापाले गाउँबाट शव उठाएर सदरमुकाम गमगढी ल्याएको र आइतबार नै पोष्टमार्टम गर्न लागेको जानकारी दिए। 

छायाँनाथ रारा नगरपालिका–६, का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार श्रीदेवीका श्रीमान दीपक घर आइसकेपछि शव उठाइएको हो। कतारमा रहेका दीपक घटना घटेपछि शुक्रबार साँझनै कतारबाट हिँडेका थिए। उनी काठमाडौंबाट नेपालगञ्ज विमानस्थल र त्यहाँबाट जहाजमै शनिबार बिहान ११ बजे घर पुगेका थिए। 

शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र छो्रा ११ वर्षीय मनोज, छोरी ८ वर्षीया अप्सरा र छोरा ८ महिनाका रहरको शव घरभित्रै फेला परेको थियो। धारिलो हतियार प्रयोग गरी उनीहरुको हत्या भएको प्रहरीको अहिलेसम्मको अनुसन्धानले देखाएको छ।

मृतक श्रीदेवी छोराछोरीसहित ७ गते नै दशँंको टीका थाप्न माइती गाउँ कोटिल्ला गएकी थिइन्। माइतीबाट टिकालगाएर उनी ८ गते बेलुका ै घर फर्किएकी थिइन्।  सोही राति सामूहिक हत्या गरिएको बताइएको छ। 

घटना ८ गते साँझ नै घटेपनि प्रहरीलाई भने शुक्रबार बिहान ११ बजे मात्रै खबर भएको थियो।  गाउँलेले बिहीबार बिहानैदेखि घर बाहिर ताला लगाएको देखेका थिए। शुक्रबार बिहान पनि ताल्चा लगाइएको देखेपछि स्थानीयले सोधिखोजी गरेका थिए। माइतीले फर्किसकेको बताएपछि उनीहरूले घरको ताला फोडेका थिए। 

घरभित्र चारैजना मृत अवस्थामा भेटेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए। कुकुर सहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ भने प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली पनि अनुसन्धानमा सक्रिय छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *