मुगु, चारै जनाको पोष्टमार्टम सकियो भोलि सब बुझाउने तयारी आफन्त के भन्छन।

यही कात्तिक ८ गते राती घरभित्रै विभत्सरूपमा हत्या गरिएका छायानाथ रारा नगरपालिका ६ का २८ वर्षकी श्रीदेवी बोहरा, उनका ११ वर्षीय छोरा मनोज बोहरा, आठ वर्षीया छोरी अप्सरा र दुधे बालक रहर बोहराको आज पोष्टमार्टम सकिएको प्रहरीले जनाएको छ।

पोष्टमार्टम सकिए पनि मृतक श्रीदेवीका श्रीमान दीपक बोहराले भने हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका छन्। प्रहरीले भने आज साँझ परेकाले आफन्तलाई शव बुझाउन ढिला भएको जनाउँदै भोलिमात्रै शव जिम्मा लगाउने बताएको छ ।

घटना भएको आज पाँच दिन बितिसक्दा समेत प्रहरीले हत्यारा पत्ता लगाउन नसकेपछि प्रहरीको आलोचना भइरहेको छ। थाहाखबरसँग कुरा गर्दै त्यहाँका एसएसपी गोपालचन्द्र भट्टराईले प्रहरीको सबै टोली उपलब्ध विधि र प्रविधिको प्रयोग गरी हत्यारा पत्ता लगाउन केन्द्रित रहेको बताए।

उनले हत्यारा चाँडै पत्ता लगाउने पनि जिकिर गरे। उनले केही सञ्चारमाध्यमले हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको भनेर प्रचार गरे पनि  त्यसमा कुनै सत्यता नभएको बताए। 

घटनास्थललगायत अनुसन्धानमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन भएकाले सर्बसाधारणलाई कुनै त्रास नलिन उनले अपिल गरे। घटनास्थलबाट प्रहरीले कुनै क्लू नभेटेपछि अनुसन्धानका लागि डिआईजी धीम ढकाल स्वयम् घटनास्थल पुगेका थिए। 

प्रहरीले अहिले पनि विभिन्न व्यक्तिलाई विषेश निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ। आफन्तहरुले भने घटनामा गाउँले कै संलग्नाता हुन सक्ने भन्दै गाउँलेमाथि नै अनुसन्धान गर्नुपर्ने बताउँदै आएका छन्।

मुगु , मुगुको सामूहिक हत्याकाण्डमा ज्यान गुमाएका चारै जनाको पोष्टमार्टम सकिएको छ। यही कात्तिक ८ गते राती घरभित्रै विभत्सरूपमा हत्या गरिएका छायानाथ रारा नगरपालिका ६ का २८ वर्षकी श्रीदेवी बोहरा, उनका ११ वर्षीय छोरा मनोज बोहरा, आठ वर्षीया छोरी अप्सरा र दुधे बालक रहर बोहराको आज पोष्टमार्टम सकिएको प्रहरीले जनाएको छ।

पोष्टमार्टम सकिए पनि मृतक श्रीदेवीका श्रीमान दीपक बोहराले भने हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका छन्। प्रहरीले भने आज साँझ परेकाले आफन्तलाई शव बुझाउन ढिला भएको जनाउँदै भोलिमात्रै शव जिम्मा लगाउने बताएको छ ।

घटना भएको आज पाँच दिन बितिसक्दा समेत प्रहरीले हत्यारा पत्ता लगाउन नसकेपछि प्रहरीको आलोचना भइरहेको छ। त्यहाँका एसएसपी गोपालचन्द्र भट्टराईले प्रहरीको सबै टोली उपलब्ध विधि र प्रविधिको प्रयोग गरी हत्यारा पत्ता लगाउन केन्द्रित रहेको बताए।

उनले हत्यारा चाँडै पत्ता लगाउने पनि जिकिर गरे। उनले केही सञ्चार माध्यमले हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको भनेर प्रचार गरे पनि  त्यसमा कुनै सत्यता नभएको बताए। घटनास्थललगायत अनुसन्धानमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन भएकाले सर्बसाधारणलाई कुनै त्रास नलिन उनले अपिल गरे।

घटनास्थलबाट प्रहरीले कुनै क्लू नभेटेपछि अनुसन्धानका लागि डिआईजी धीम ढकाल स्वयम् घटनास्थल पुगेका थिए। प्रहरीले अहिले पनि विभिन्न व्यक्तिलाई विषेश निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ। आफन्तहरुले भने घटनामा गाउँले कै संलग्नाता हुन सक्ने भन्दै गाउँलेमाथि नै अनुसन्धान गर्नुपर्ने बताउँदै आएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *