झापा, १४- कात्तिक।
झापाको बिर्तामोड १ अदुवापुल स्थित पुर्व पश्चिम लोकमार्गमा एम्बुलेन्सको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ। सोमबार साँझ सवा ५ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको श्री सिद्ददेवी कृषि सहकारी संस्था ईलामको एम्बुलेन्सले बिर्तामोड नगरपालिका ४ कि ६९ बर्षिया सिता साह कल्वारलाई पैदल यात्राको क्रममा ठक्कर दिएको थियो।
एम्बुलेन्सको ठक्करबाट गम्भिर घाईते भएकी उनको उपचारको क्रममा प्रादेशीक अस्पताल भद्रपुरमा मृत्यु भएको थियो भने एम्बुलेन्स र एम्बुलेन्स चालक ईलामको माईजोगमाई नगरपालिका ३ का ३६ बर्षिय सुजन प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।