गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु।

काठमाम्डौ, १५-

कात्तिक। तरकारी बोकेको गाडीको ठक्करबाट दाङमा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक राजपुर गाउँपालिका २ बेलाका २४ वर्षीय श्रवणकुमार यादव रहेका छन्।

राजपुर गाउँपालिका–२ समयथान नजिकै गढवा राजपुर हुलाकी सडकखण्डको भित्री सडकमा मंगलबार बेलुका लु ३ च ३८५३ नम्बरको तरकारी बोक्ने पिकअप भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट यादव गम्भीर घाइते भएका थिए। उनको उपचारका लागि ८ बजे लमही अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको दाङका एसपी रामबहादुर केसीले जानकारी दिए।

दुर्घटनामा परि मोटरसाइकलको पछाडि बसेकी राजपुर २ की २६ वर्षीया सविना यादव घाइते छिन्। उनको लमही अस्पतालमा उपचार भइरहेको एसपी केसीले जानकारी दिए। ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *