दाङका चार पालिका द्वारा प्लास्टिकका फूलमालामा प्रतिबन्ध।

तुलसिपुर, १५- कात्तिक।

दाङका चार पालिकाले प्लास्टिकका फूलमालाको बिक्रीमा प्रतिबन्ध लगाएका छन्। तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाएका हुन्।

तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको बिक्रीमा सहजताका लागि चार वटै पालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएका हुन्। चार वटै पालिकाले तिहारको समयमा प्लास्टिकका फूलमाला प्रयोग नगर्न आग्रह गरेका छन्।

तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकापछि मंगलवार राप्ती गाउँपालिकाले प्लास्टिकका माला प्रयोग नगर्न अपिल जारी गरेको हो। राप्तीले प्राकृतिक फूलको बजारीकरणमा सहजताका लागि पालिकाभित्र फूल खेती गरेका किसानको नाम, ठेगाना र सम्पर्क फोन नम्बर पनि सार्वजनिक गरेको छ।

यसले गर्दा अघिल्ला वर्षहरूमा जस्तो प्लास्टिकका फूलमाला बजारमा देखिएका छैनन् । स्थानीय सरकारकाे याे व्यवस्थाले फूल खेती गर्दै आएका किसान खुसी भएका छन्।

प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएपछि उत्पादित फूलले बजार पाउने आशामा रहेको फूल खेती गरेका तुलसीपुर २ का गणेश भण्डारीले बताउनुभयो । दाङमा यसवर्ष करिब २२ बिघा क्षेत्रफलमा फूल खेती गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *