तुलसिपुर, १६- कात्तिक।
वडा अध्यक्षकप क्रिकेट प्रतियोगिता तुलसीपुर ११ उरहरीमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले पछिल्लो समय क्रिकेट खेलप्रति युवाको आकर्षण बढ्दै गएको बताउँदै यसको विकासका लागि उपमहानगर प्रतिवद्ध रहेको बताउनुभयो।
उद्घाटन अवसरमा तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानी चौधरी, ११ नम्बर वडा सदस्य प्रभा परियार लगायतले प्रतियोगितालाई अनुशासित र मर्यादित बनाउनका लागि खेलाडीहरूको भूमिका अहम् हुने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो।
तुलसीपुर उपमहानगरपालिका ११ का वडा अध्यक्ष मानबहादुर रावतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन वडा सचिव पदम अधिकारीले गर्नुभएको थियो।