दाङ, १८- कात्तिक।
गएराति पश्चिम नेपालमा आएको भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ। जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जना गरी अहिलेसम्म १५७ जनाको मृत्यु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
यसरी ज्यान गुमाउनेमा पुरुष भन्दा महिलाको संख्या धेरै छ।जाजरकोटमा ६२ जना महिला र ३३ पुरुषको मृत्यु भएको पुष्टि भएको छ। त्यस्तै, रुकुम पश्चिममा २७ महिला र २५ पुरुषको मृत्यु भएको तथ्यांक प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छ।
त्यस्तै जाजरकोटमा ८१ र रुकुम पश्चिममा ७९ जना घाइते भएका छन्। गएराति आएको ६.४ रेक्टरको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ।जाजरकोट र रुकुम पश्चिमका विभिन्न गाउँहरूमा अहिले राहत तथा उद्धार टोली खटिएको छ।