पूर्व राउटे मुखिया महिनबहादुर शाहीको मृत्यु।

दाङ, १९- कात्तिक।

पूर्व राउटे मुखिया महिनबहादुर शाहीको निधन भएको छ। आइतबार बिहान करिब ३ बजे ६६ वर्षको उमेरमा उनको निधन भएको राउटे बस्तीमा सोसेक परियोजना मार्फत जोडी शिक्षकको रूपमा कार्यरत लालबहादुर खत्रीले बताए। 

महिन केही समय यता ढाड दुख्ने समस्याबाट पीडित थिए । १८ सन्तान मध्ये उनका सबै सन्तानको मृत्यु भइसकेको थियो । १ वर्षअघि आगलागीमा परेर छोराको मृत्यु भएपछि उनी शोकमा थिए। उनका अब श्रीमती र २ जना बुहारी छन्।

अहिले राउटेहरू दैलेखको भैरवी गाउँपालिका ३ को छामखोलामा बस्दै आएका छन्। अब राउटेको संख्या १ सय ४१ मात्र रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *