काठमाण्डौं,२०- कात्तिक।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो।
यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गतेदेखि शुरु हुँदैछ। २५ गते काग तिहार परेको छ। यस्तै २६ गते कुकुर तिहार र लक्ष्मी पूजा २७ गते गाई तिहार २८ गते गोवर्द्धन पूजा २९ गते भाइटीका परेको छ।