काठमाडौ, २१- कात्तिक।
बाजुरा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो। गत शुक्रबारको शक्तिशाली भूकम्पपछि जाजरकोटमा निरन्तर भूकम्प गइरहेको बेला बाजुरा केन्द्रबिन्दु भएर पनि भूकम्प गएको हो।
जाजरकोट भूकम्पबाट १५३ जनाको मृत्यु भएको छ भने कैयन घरहरु भत्किएका छन्। यता बाजुरामा गत जेठ २९ यता पहिलो पटक केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। त्यतिबेला ४.४ म्यग्निुच्युडको भूकम्प गएको थियो । तर, बझाङसहित सुदूरपश्चिमका विभिन्न जिल्ला भएर भने पटक पटक भूकम्प गएको केन्द्रको तथ्यांकमा उल्लेख छ।