काठमाण्डौ, २२- कात्तिक।
धादिङको सल्यान्टारमा गएराति मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।
बा ५० प ७१३८ सीभीआर होण्डा मोटरसाइकल रोकिराखेको ना ६ त २७५८ नम्बरको ट्याक्टरमा ठोक्किँदा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ बस्ने रोशन परियारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सन्दीप श्रेष्ठ घाइते भएका छन्।