खुकुरी प्रहार गरी भिनाजुको हत्या।

दाङ, २३- कात्तिक।

झापामा भिनाजुलाई खुकुरी र बाँस प्रहार गरी हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन्। बुद्धशान्ती गाउँपालिका-५ बस्ने ३५ वर्षीय रोशन अधिकारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। 

घरायसी विवादमा अधिकारीले खुकुरी तथा बाँस प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ४५ वर्षीय धन बहादुर कट्वालको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले अधिकारीलाई खुकुरी सहित पक्राउ गरेको हो। यता पर्साको पर्सागढी नगरपालिका-४ हरदासपुर टोल  बस्ने ५८ वर्षीय राजिन्द्र रामको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय आशा चौधारीलाई प्रहरीले पक्राउ गरेको छ।

मादक पदार्थ सेवन गरी उनीहरूबिच सोमबार साँझ कुटपिट तथा झै(झगडा हुँदा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *