काठमाडौँ, २५- कात्तिक।
देशको पूर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भुभागमा शुक्रबार आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भेगमा आंशिक बदली रहने मौसमविदले बताएका छन्। देशको पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
शुक्रबार राति पनि पूर्वी र मध्य भूभाग लगायात पश्चिमी पहाडी भुभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली नै रहने महाशाखाले उल्लेख गरेको छ। पूर्वी भूभाग लगायत मध्य र पश्चिमका पहाडी भूभागका केही स्थानमा राति पनि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।