खुकुरी प्रहार गरी १ युबकको हत्या।

बर्दिया, २७- कात्तिक।

बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ। गुलरिया नगरपालिका ५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया ६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो। 

गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए।

गए राति दुई समूहबीच झगडा भएको थियो। झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *