तनहुको घाँसीकुवामा बस दुर्घटना हुदा ३६ जना घाइते।

तनहु, १३- मंसिर।

तनहुँमा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्। आज बुधबार बिहान पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका १२ घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका हुन्। धरानबाट पोखरातर्फ जाँदै गरेको ग.१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। साथै दुर्घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *