हुम्ला,१४- मंसिर।
भिरबाट लडेर हुम्लामा एक जनाको मृत्य भएको छ। सिमकोट गाउँपालिका वडा नम्बर ८ मा रहेको खोल्सी गाउँकी १७ वर्षीया सुस्मिता शाहीको भिरबाट लडेर मृत्यु भएको हो।
हिजो दिउँसो गाईबाख्रा चराउन गएका बेला दुधु भिरबाट लडेर उनको मृत्यु भएको सुस्मिताका आफन्तले बताएका छन्। उनी सिमकोट गाउँपालिका ११ मा रहेको कर्णाली मावि चौगानफयामा कक्षा ११ अध्ययनरत थिइन्।