गोरखा ,
सहिद लखन गाउँपालिका ३ सिलिङमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ट्याक्टरमा सवार गण्डकी गाउँपालिका ३ का २९ वर्षीय पदमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले जानकारी दिए।
दुर्घटनामा घाइते भएका थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।शनिबार ढुंगा बोकेर सिलिङबाट मझुवा देउराली आउँदै गरेको ध १ त १२५ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ३ जना घाइते भएका छन् । गोरखा नगरपालिका १३ स्थायी घर भएका चालक ३४ वर्षीय विश्वास गुरुङ, सहिद लखन गाउँपालिका ३ का २६ वर्षीय रामबहादुर आले र तनहुँ आँबुखैरेनी गाउँपालिका ३ का २५ वर्षीय प्रदीप अर्याल घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ। ट्याक्टर चालक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।