युवकको कुटपिट बाट एक जनाको मृत्यु।

सल्यानमा २ जना युवाले कुटपिट गर्दा एक युवकको मृत्युु भएको छ। सल्यान जिल्लको बागचौर नगरपालिका ७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओलीलाई छिमेकी गाउँका दुईजना युवाले कुटपिट गर्दा मृत्युु भएको हो।

छिमेकी गाउँ स्याला भन्ने ठाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले कार्तिक ४ गते उनलाई कुटपिट गरेका थिए। कुटपिट पछि घाइते भएका उनको उपचारका क्रममा आज भारतको लखनउमा मृत्युु भएको ईलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ। कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको र केशर ओली फरार रहेको ईलाका प्रहरी थारमारेले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *