उहाँका अनुसार प्रचण्ड आज बाँकेको खजुराका आइपुग्नुभएको छ । प्रचण्ड भोली बिहान ७ बजे तुलसीपुरमा आउने क्रममा बबई नदिबाट झण्डै ४ सय वटा मोटरसाइकलमा स्कटिङ गरेर तुलसीपुर ल्याउने र मेट्रो होटेलमा तुलसीपुरका, विभिन्न सामाजिक संस्थाका अगुवा, विभिन्न पार्टी प्रतिनिधिलगाएतका व्यक्तीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले बताउनुभयो । त्यसपछी ११ बजेदेखी अरनिको मैदानमा कार्यक्रम सुरु हुने भएको छ । भोली नै प्रचण्ड घोराही जाने र घोराहीमा आयोजना हुने कार्यक्रममा सहभागी भएर भैरहवा हुदै पर्सी काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।।
